दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली कांग्रेस काठमाडौ ४ वडाद्वारा प्रतिबद्धतापत्र लिएर मतदाताको घरदैलोमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १८ गते, आईतवार २२:१७

काठमाडौ २०, बैशाख । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका चार वडाद्वारा चुनावी प्रचारप्रसारको कामलाई तिब्रता दिंदै प्रतिबद्धतापत्र लिएर मतदाताको घरदैलोमा व्यसत छन् ।

काठमाडौँ महानगरपालिका चार नम्बर वडाबाट नेपाली काङ्ग्रेसकाे तर्फबाट वडाध्यक्ष अध्यक्ष पदका उमेदवार राम प्रसाद न्यौपानेले जनताको घरदैलोमा पुगि सधै वडाबासि जनताकाे सुख दुख बुझ्दै साथ सहयोग गर्दै समाजसेवामा लागेको स्थानीय जनताले नेपाली काङ्ग्रेसलाई भाेट हालि आफुलाई वडाअध्यक्ष पदमा विजय गराउन अनुरोध गरेका छन ।

समाजलाई विकासको गतिमा लैजाने प्रायसमा रहेकाे न्याैपानेले स्वास्थ्य,शिक्षा,राेजगार र समग्र वडाको विकास र समुदायकाे विकासमा जनताको सल्लाह सुझावले विकास कार्य गर्ने उद्येश्य बाेकेर नेपाली काङ्ग्रेसकाे तर्फबाट वडा अध्यक्ष पदका लागि आफ्नो उमेदवारी दिएको न्यौपानेले बताउनुभयो ।

उक्त क्षेत्रमा काँग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री थापा खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेद्वारी दिनुभएको छ । उक्त क्षेत्रमा १६ हजारभन्दा बढी मतदाता रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु