दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कामपा–४ का वडाअध्यक्षका उम्मेद्धार रामप्रसाद न्यौपाने टुसालको घरदैलोमा व्यस्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १९ गते, सोमबार १७:२७

काठमाडौँ, १५ बैशाख । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ का वडा अध्यक्षका उम्मेद्धार रामप्रसाद न्यौपाने टुसालको घरदैलोमा व्यस्त हुनुभएको छ ।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी काँग्रेसको वडा सभापतिसमेत रहनुभएका न्यौपाने टुसालको जनताको घरदैलोमा पुग्नुभएको हो ।

उहाँसँगै वडा सदस्यका उम्मेद्धार सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री थापा खनाल र दलित महिला सदस्यमा सीता दमाई पनि घरदैलोमा व्यस्त हुनुहुन्छ ।

वडा अध्यक्षका उम्मेद्धार न्यौपानेले आइतबार चुनदेवी क्षेत्रको घरदैलो कार्यक्रम गर्नुभएको थियो । काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् । उक्त वडामा १६ हजारभन्दा बढी मतदाता रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु