तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नगरपालिकाको प्रशासनिक काम चुस्त दुरुस्त सम्वन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २० गते, मंगलवार २०:४६

काठमाडौ ।विश्व प्रेस स्वतन्त्रत दिवसको अवसरमा गोकर्णेश्वर नगरपालिकाको मुख्य आयोजना र विश्व दर्शन मिडिया ग्रुप प्रा. लि.को मिडिया संयोजनमा एक दिवसीय नगरपालिकाको प्रशासनिक काम चुस्त दुरुस्त सम्वन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशाषकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, सूचना अधिकारी एवं शाखा अधिकृत टंकनाथ घिमिरे, लेखा प्रमुख रामजी रायमाझी को विशेष उपस्थिति रहेको थियो भने ४ दर्जन जति मिडियाकर्मी र पत्रकारको उपस्थिति रहेको थियो । मिडिया संचार जगत संग समदुरीको सम्वन्ध राख्ने तथा नगरपालिकाका प्रशासनिक गतिविधिहरुको प्रगति विवरण, जानकारी तथा पारदर्शिताको बारेमा आम पत्रकार तथा जनमानसमा जानकारी गराउने गरी कार्यक्रम संचालन भएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसले तय गरेको नारा डिजिटल घेराबन्दी भित्रको पत्रकारिता र यसका संभावना र चुनौती सम्वन्धमा समेत छलफल भएको थियो भने, नगरको आर्थिक प्रणाली ब्यवस्थापन, बेरुजु ब्यवस्थापन, बजेज तर्जुमा तथा अन्य आर्थिक गतिविधिको बारेमा लेखा प्रमुख रामजी रायमाझीले आफ्ना विचार ब्यक्त गर्दै लेखालाई सुत्र सफ्टवेयरबाट चुस्त दुरुस्त राखिएको, पारदर्शिता तथा जवाफदेहिता सहितको आवस्यक डकुमेन्ट तथा कागजात सहित मात्र भुक्तानी प्रवाह गरिएको जानकारी दिनुभयो । त्यस्तै गरी प्रशाषनिक प्रमुखको तर्फबाट शाखा अधिकृत टंकनाथ घिमिरेले समग्र शाखा तथा उपशाखालाई आफ्ना सबै गतिविधिहरु प्रभावकारी ढंगले सम्पादन गर्ने बातावरण तयार पारिएको र यस संक्रमणकालिन समयमा पनि सेवा प्रवाहमा कुनै कठिनाई नभएको विचार ब्यक्त गर्नु भयो । र समग्र कार्यसम्पादन प्रणाली, महत्वपूर्ण परियोजना तथा उपलब्धीहरुको चर्चा गर्दै निमित्त नगर प्रमुख एवं प्रमुख प्रशाषकीय अधिकृत बैकुण्ठ सापकोटाले नगरले आफ्नै अस्पताल संचालन गरेको, आफ्नै फोहोर ब्यवस्थापन गर्ने प्रणाली विकास गरेको, स्थानीय पाठ्यक्रम लागु गरेको र अपेक्या भन्दा राम्रो गरी राजस्व संकलन गरी ६ करोड बाट ७० करोड सम्म राजस्व संकलन गर्न सफल भएको जानकारी दिदै कर्मचारी प्रशाषनलाई अझ अधिकार सम्पन्न बनाउनलाई आवश्यक नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारहरुले नगरपालिकाका महत्वपूर्ण परियोजनाको खुलेर तारिफ गरेका थिए भने राजस्व संकलनका लागि अनिवार्य होर्डिग बोर्डको राजस्व उठाउन पर्ने, स्थानीय विद्यालयलाई प्राथमिकता दिनु पर्ने, सम्पतिको अधिकारलाई स्थापित गर्नुपर्ने, डिजिटल डाटाबेसमा विशेष ध्यान केन्द्रीत गर्नुपर्ने, रोजगारका अवसरहरु सिर्जना गरी आर्थिक पक्यको समेत विकास गर्न सुझाव दिएका थिए । कार्यक्रमको समापतित्व बोस्टर मिडिया प्रमुख मुकुन्द ढुंगानाले गर्नुभएको थियो भने संचालन द्रोण पराजुलीले गर्नु भएको थियो । यस प्रकारका कार्यक्रमहरु नगरपालिकाका १० वटै नगरपालिकामा संचालन गरिने मुकुन्द ढुंगानाले जानकारी दिनुभयो ।
कार्यक्रम नेपाल हाउस, बालुवाटारमा संचालन भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु