दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्वेस्टको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २१ गते, बुधबार २१:०३

क्वेस्टको विजयी सुरुआत
काठमाडौं, बैशाख २१ गते ।

आयोजक क्वेस्ट इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ ।
ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले मल्पीलाई ४२–२६ ले पराजित ग¥यो । क्वेस्टका ग्याल्साङ लामाले १६ अंक जोडे ।
ब्वाइजमै जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।
जेभियरले केएमसीलाई ६४–२७ ले हरायो । जेभियरको जितमा रवि पौडेलले २६ अंक योगदान गरे । प्रज्ज्वल महर्जनको १५ अंक सहयोगमा गोल्डेनगेटले शुभश्रीलाई ७७–१७ को फराकिलो अन्तरले पन्छायो ।
गल्र्सको राउन्ड रोविन लिगमा मल्पीले सायम (एसआईएएम) बाट वाक ओभर पायो । प्रतियोगिताको स्व. नारायणप्रसाद श्रेष्ठकी धर्मपत्नी एवं क्वेस्टकी सञ्चालक अनिता श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।
प्रतियोगितामा पुरुषतर्फ ९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । राउन्ड रोविन लिगका आधारमा सञ्चालित महिलाको स्पर्धामा ५ टिम सहभागी छन् ।
पुरुषको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्ने छन् । महिलामा पहिलो हुनेले ३० हजार र दोश्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदसहित गिफ्ट ह्याम्परबाट पुरस्कृत गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु