दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लेवनानमा १४ वर्षसम्म पैसा नदिई काम लगाएको भन्दै झापाकी मुनाद्धारा परराष्ट्रमा क्षतिपूर्ति दिलाई पाउँ भनी निवेदन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २२ गते, बिहीबार १४:०५

काठमाडौं । लेवनानमा १४ वर्षसम्म पैसा नदिई काम लगाएको भन्दै झापाकी मुना गिरीले परराष्ट्र मन्त्रालयमा क्षतिपूर्ति दिलाई पाउँ भनी निवेदन दिएकी छिन् ।

उनी घरेलु कामदारका रुपमा १५ वर्षअघि लेवनान पुगेकी थिइन् । उनले आफूले एक वर्षको मात्र तलब पाएको बताएकी छिन् । उनलाई यस्तो समस्या परेको थाहा पाएपछि दिस इज लेवनान–क्यानडाका संस्थापक दिपेन्द्र उप्रेतीले चासो देखाएका थिए । उप्रेतीले गिरीको पीडा सुनेपछि नेपाल लयाउन विशेष पहल गरेका थिए । नेपाल आइसकेपछि गिरीले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा आफूलाई क्षतिपूर्ति दिलाई पाउँ भनी निवेदन दिएकी छिन् । उनले घटनामा दोषीलाई कारबाहीको माग गरेकी छिन् ।
उप्रेती क्यानडामा बसेर नेपाल र नेपालीको लागि काम गर्दै आएका छन् ।

नेपाल आइसकेपछि गिरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग सम्म पुयाउन सामाजिक अभियान्ता हरिचन्द्र उप्रेतीले सहजकर्ता महत्त्वपूर्ण भुमिका निर्बाह गरिरहेका छन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु