तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पछिल्लो २४ घण्टामा ३८११ नमुना परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २२ गते, बिहीबार १७:१३

काठमाडौं । नेपालमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८११ नमुना परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका १७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ९०१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १५ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ७३० पुगेको छ ।

त्यस्तै नेपालमा आज कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हालसम्म कोरोनाबाट मृत्य हुनेको संख्या ११ हजार ९५२ रहेको छ ।

नेपालमा हाल २१७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २१६ जना होम आइसोलेशन र १ जना संस्थागत आइसोलेशनमा रहेका छन् । आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ९२ हजार ८८ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु