दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काँग्रेस कामपा–४ को घरदैलो अभियान तीव्र, काँग्रेसको पक्षमा जनलहर बढ्दो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २३ गते, शुक्रबार १४:४९

काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ ले घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

बैशाख ३० गते हुन लागेको निर्वाचनका लागि काँग्रेस कामपा वडा नं ४ ले आज विशालनगर क्षेत्रमा घरदैलो कार्यक्रम गरेको हो । उक्त घरदैलो कार्यक्रमलाई स्थानीय बासीले समेत साथ र समर्थन दिन थालेपछि काँग्रेसको पक्षमा जनलहर बढेको छ ।

घरदैलो कार्यक्रममा विशालनगर क्षेत्रका बासिन्दाले काँग्रेसको तर्फबाट उम्मेद्धार बनेका उम्मेदवारलाई माला र खादा ओढाएर अग्रीम विजयको शुभकामना व्यक्त गरेका छन् ।

काँग्रेस काठमाडौँ महानगरपालिकाको वडा नं ४ को अध्यक्षमा रामप्रसाद न्यौपानेले उम्मेदवारी दिनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिसमेत रहनुभएका न्यौपानेले अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

अध्यक्षका उम्मेदवार न्यौपानेसँगै वडा सदस्यका उम्मेदवार सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री थापा खनाल र दलित महिला सदस्यमा सीता दमाई पनि घरदैलोमा व्यस्त हुनुहुन्छ ।

काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् । उक्त वडामा १६ हजारभन्दा बढी मतदाता रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु