दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्वेस्ट सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २४ गते, शनिबार १९:१४

क्वेस्ट सेमिफाइनलमा
आयोजक क्वेस्ट इन्टरनेसनल कलेज पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ ।
ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले शुभश्रीलाई ५९–१७ ले सहजै पराजित गर्दै समूह ‘ए’ को उपविजेता बन्यो । क्वेस्टका गाल्साङ लामाले १६ अंक जोडे ।
समूह ‘ए’ बाट गोल्डेनगेट इन्टरनेसनल कलेज विजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । गोल्डेनगेटले मल्पीलाई ५६–२७ ले हरायो । गोल्डेनगेटका आशुतोष उप्रेतीले १० स्कोर गरे ।
ब्वाइजमै नाथमले सायमलाई ५४–१२ ले पाखा लगायो । नाथमको जितमा अनुप मोक्तानले १८ अंक योगदान गरे । जितसंगै नाथम समूह ‘बी’ को उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेको छ । यो समूहबाट जेभियर इन्टरनेसनल कलेज यसअघि नै विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।
सेमिफाइनलमा जेभियरको भेट आयोजक क्वेस्टसंग हुने छ । अर्को सेमिफाइनल गोल्डेनगेट र नाथमबीच हुने छ ।
गल्र्सको राउन्ड रोविन लिगमा नाथम शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो । नाथमले मल्पीमाथि ३१–४ को सहज जित दर्ता ग¥यो । नाथमकी झरना वज्राचार्यले ९ स्कोर गरिन् । उपाधिका लागि नाथमले शुभश्री विरुद्ध खेल्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु