प्रताप सुब्बाको “आमा” गित सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २५, आईतवार ०२:३५

काठमाडौ ।मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर प्रताप सुब्बाले “आमा” बोलको गित सार्वजनिक गरेका छन् ।

यस गितको शब्द, संगित गायक स्वयम् प्रताप सुब्बाको रहेको छ । यस गितको संगित संयोजन भने सन्जय हमालले गरेका हुन् । आफ्नो दिवंगत आमाको सम्झनामा कोरिएका शब्दहरु अत्यन्तै मार्मिक छन् । आमाको माया एवम् सम्मान गर्ने हरेक सन्तानहरुका लागि आमाको वियोगमा हुने पिडामा यो गीतले एउटा मल्हमको काम गर्नेछ । यो गितलाई अहिलेका चर्चित युवा गितकार गुरु भोटियाले खिचेका हुन् भने यो गित प्रताप सुब्बाको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु