दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मस्तिष्क पक्षाघात स्वाबलम्बन समूह नेपाल द्धारा निःशुल्क टेलिफोन सेवा सञ्चालन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २६ गते, सोमबार २१:०७

२६ बैशाख २०७९ शर्मिला विश्वकर्मा, ललितपुर

बच्चा जन्मदा, जन्मनु भन्दा पहिला वा शिशु अवस्थामा विभिन्न कारणले मस्तिष्कमा चोट लागेर मस्तिष्क पक्षाघात हुने हुन्छ । मस्तिष्क पक्षाघात शारीरिक अपाङ्गता भित्रको एक अवस्था हो । मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरुका लागि ललितपुर जिल्ला स्थीत धापाखेलमा रहेको मस्तिष्क पक्षाघात स्वाबलम्बन समुह नेपालले मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरुका लागि फिजियो थेरापी सेवा, चिकित्सक सेवा, स्पीच थेरापी सेवा, विशेष शिक्षा, पुनस्र्थापनाका लागि अभिभावकहरुलाई विभिन्न तालिमहरु, दिवा सेवा लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा आज देखि निःशुल्क टेलिफोन सेवा सञ्चालनको पनि उद्घाटन गरेको छ । अपाङ्गता भएका व्यक्तिहरु, उनीहरुका अभिभावकहरु तथा संरक्षकहरुलाई निःशुल्क टेलिफोन सेवा उपलब्ध गराएर आवश्यक जानकारी दिनको लागि टोल फ्रि नं १६६६००१४४९९९ नम्बरको निःशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याइएको हो ।

सो टोल फ्रि नम्बरको टेलिफोन सेवाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं मस्तिष्क पक्षाघात स्वाबलम्बन समूह नेपालका सल्लाहकार डा. चन्द्रलेखा तुलाधर र Carers World Wide UK का प्रमुख जोनटोन फ्रिम्यानले रिवन काटेर र पर्दा हटाएर गर्नु भयो ।
यस कार्यक्रममा Carers World Wide का कार्यकारी निर्देशक अनिल पट्टेलले मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, अभिभावकहरुका लागि तालिम, राज्य तथा विभिन्न संघ संस्थाहरुले उपलब्ध गराउने विभिन्न सेवा सुविधाको जानकारी लिनको लागि यो निःशुल्क टेलिफोन सेवाले सहयोग गर्ने बताउनु भयो । साथै उहाँले मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरुका लागि काम गर्दै आएको संस्था मस्तिष्क पक्षाघात स्वाबलम्बन समूह नेपालका सेवाहरुलाई अझै विस्तार गर्नका लागि आवश्यक सहयोग गर्ने पनि बताउनु भयो ।

त्यसै गरी मस्तिष्क पक्षाघात स्वालम्बन समूह नेपालका उमप्रमुख कार्यकारी अधिकृत शुशीलमान सिंहले सबैलाई स्वागत गर्दै यो सेवाबाट सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु तथा उनीहरुका अभिभावकहरु लाभान्वित हुने बताउनु भयो भने संस्था विकास अधिकृत महेन्द्रभक्त जोशीले अपाङ्गता भएका व्यक्तिहरु, उनीहरुका अभिभावकहरु तथा संरक्षकहरुलाई नीजि तथा सरकारी निकायबाट उपलब्ध गराउने सेवा सुविधाको विषयमा जानकारी गराउने, परामर्श दिने उदेश्यले यो टोल फ्रि नम्बरको निःशुल्क टेलिफोन सेवा सञ्चालन गरेको जानकारी दिनु भयो ।
कार्यक्रममा Carers World Wide UK का प्रमुख जोनटोन फ्रिम्यानलले मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावक तथा संरक्षकहरुलाई यो सेवाले आवश्यक सहयोग गर्ने बताउदै यो सेवा सबैले उपयोग गर्नु हुनको लागि पनि आग्रह गर्नु भयो ।

यस निःशुल्क टेलिफोन सेवा उद्घाटनका क्रममा मस्तिष्क पक्षाघात स्वाबलम्बन समूह नेपालका प्रमुख कार्यकारी अधिकृत विमललाल श्रेष्ठले यो निःशुल्क टेलिफोन सेवा मार्फत आफ्नो संस्था र आफुलाई जानकारी भएका संस्था वा राज्यले उपलब्ध गराउने सेवा सुविधा, भएका नीति नियम तथा ऐन कानूनका विषयमा जानकारी दिने बताउनु भयो ।

त्यसै गरी मस्तिष्क पक्षाघात स्वाबलम्बन समूह नेपालका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि डा. चन्द«लेखा तुलाधरले यो निःशुल्क टेलिफोन सेवाले विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु, उनीहरुका अभिभावकहरु तथा संरक्षकहरुलाई सम्बन्धीत निकायहरुले उपलब्ध गराउने आवश्यक सेवा सुविधाहरुको बारेमा जानकारी लिन सहज हुने भन्दै मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सम्बोधन गर्नका लागि सम्बन्धीत निकाय सम्म पु¥याउन सबै जना लाग्नु पर्ने र यस सवालमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु