दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अनाथ बालबालिकासँग ज्योतिले मनाइन जन्मदिन समाजसेवी ज्योति घिमिरेको जन्मदिन अनाथ आश्रममा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २९ गते, बिहीबार २०:५०

काठमाडौं – समाजसेवी ज्योति घिमिरेले राजधानीको गोकर्ण स्थिति संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेको अनाथ बालबालिकाबीच विहिवार आफ्नो जन्मदिन मनाएकी छन् । उनले केन्द्रमा रहेका बालबालिकालाई आर्थिक सहयोग, खाद्यान्न सामग्री, शैक्षिक सामाग्री प्रदान गर्दै खाना खुबाएर आफ्नो जन्मदिन मनाएकी हुन् । साथै उनले बालबालिकाहरु संगै केक काटेर खुसियाली साटासाट गरेकी थिइन्।

संस्थाका अध्यक्ष तिल बहादुर कार्कीले संस्थामा ५२ बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा दिक्षा प्रदान गरिरहेको उक्त अवसरमा बताए । समाजसेवी ज्योति घिमिरेले जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको सुखानुभुती महसुस गरेको बताइन । ‘मैले बर्षै पिछे यसरिनै जन्मदिन मनाउदै आएको छु, यस वर्ष पनि त्यसलाई निरन्तरता दिएकी हुँ’, उनले भनिन् ।

ज्योतिले स्थानीय नेता, समाजसेवी, सञ्चारकर्मी र कलाकारहरुका साथमा जन्मदिन मनाएकी थिइन । उपस्थितहरूले समाजसेवी ज्योतिले जन्मदिनमा गरेको कार्यको प्रशंसा गरेका थिए । ज्योति समाजसेवाको माध्यम बाट विभिन्न राष्ट्रिय सम्मान समेत पाउन सफल भएकी एक सुपरिचित नाम हो, महिला ससक्तिकरण, स्वरोजगार, आत्माविश्वासलाइ ससक्त रुपमा अगाडि बढाउदै आएकी उनि एक निडर तथा सामाजिक अभियन्ताको रुपमा परिचित छिन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु