आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

आज देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २ गते, सोमबार ०८:२१

भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज साेमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएकाे छ ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । यही क्रममा आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेकाे छ ।

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेकाे छ ।

निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको पुगेकाे छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागी आइतबार नै भैरहवा पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु