
२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)ले आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँगको अग्रता कायमै राखेका छन् । काठमाडौंको जारी मतगणनाको पछिल्लो परिणामअनुसार साहले ७ हजार ३३९ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ३ हजार ८६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३५८ मत पाएकी छिन् ।


