तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रशंसालाई दुई रजत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २ गते, सोमबार १७:५३

प्रशंसालाई दुई रजत
नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट– १ मा दुई रजत पदक जितेकी छन् ।
कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको प्रतियोगितामा प्रशंसाले सिंगल्स र डबल्समा रजत जितेको प्रशंसाका पिता शुलभ मोक्तानले जनाएका छन् ।
प्रशंसा फाइनलमा रुसकी एलेक्जेन्ड्रासंग ६–३ र ६–१ ले पराजित भइन् । डबल्समा प्रशंसाको पार्टनर साफिया अल थानी थिइन् । सर्किट– २ सोमबारदेखि सुरु हुँदैछ । सर्किट– २ मा पनि प्रशंसा खेल्दैछिन् । प्रशंसा नेपालबाट सहभागी एक्लो खेलाडी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु