
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।
स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा अध्यक्षमा माओवादीका सुमन तामाङ (सज्जन) र उपाध्यक्षमा मिठुमाया लामा तामाङ निर्वाचित हुनुभएको छ । तामाङले ४ हजार ९०९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उहाँको निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याउनु भयो ।

उपाध्यमा निर्वाचित मिठुमायाले ४ हजार १७४ मत ल्याउँदा
उहाँको निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी प्रमिसा तामाङले ३ हजार ८ ३० मत ल्याउनु भयो ।माओवादीले ककनीका ३ वडामा पनि जित हासिल गरेको छ।


