दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नुवाकोटको बेलकोटगढी नगरपालिका –११ मा कांग्रेसको प्यानल नै बिजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते, बुधबार १९:१४

काठमाडौं ।नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेसको वडाअध्यक्ष सहित सम्पूर्ण प्यानल नै बिजयी भएको छ । भर्खर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बेलकोटगढी नगरपालिका– ११ को वडाअध्यक्षमा भारि मत ल्याएर नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका प्रकाशजंग पाण्डेको सम्पूर्ण प्यानल नै बिजयी भएको हो ।
गत ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट यस नगरपालिकाको ११ नं. वडा अध्यक्षमा बिजयी भएका पाण्डेले कुल ७१४ मत प्राप्त गरेका थिए । उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रेमबहादुर तामाङले कुल ४७६ मत प्राप्त गरेका थिए । यसैगरि, वडा अध्यक्षकै अर्का प्रतिस्पर्धी नेकपा एमालेका नवराज तिवारीले जम्मा ४३० मत प्राप्त गरेका थिए ।
यसैगरि, सो वडामा कांग्रेसकै तर्फबाट निर्वाचित भएका वडा सदस्यहरुमा राजुमान लामा, टिकाराम तामाङ, सरिता तिवारी, चंखमाया सुनार सम्पूर्ण प्यानलसहित विजयी भएका हुन । यसभन्दा अघिल्लो निर्वाचनमा यस नगरपालिकामा मेयर र वडा अध्यक्ष लगायत अघिकाँश पदमा नेकपा एमालेले जितेको थियो । अहिलेसम्मको मत परिणाम अनुसार एमाले तेस्रो स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु