तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हेर्नुस् यस्तो छ ? काठमाडौं महानगरको पछिल्लो मतपरिणाम (अपडेट)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते, शुक्रबार ९:०२

काठमाडौं , जेठ ६ । स्थानीय निर्वाचन अन्तरगत देशका ६ वटै महानगरपालिकामा मतगणना जारी रहेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो परिणाम अनुसार बालेन्द्र साहले २५ हजार ४ सय २७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १३ हजार ४ सय ९९ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएको छ ।

उता, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट माओवादीकी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो पार्नुभएको छ । उहाँले १८ हजार ७ सय ८५ मत पाउनुभएको छ भने नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले १५ हजार ४ सय ५० मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ७ सय ५३ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले १९ हजार ३ सय २४ मत प्राप्त गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ६ सय १० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले २० हजार ७ सय ९५ मत प्राप्त गर्दा नेकपा एमालेका सागर थापाले १५ हजार ४ सय ३४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्य २५ हजार २ सय २६ मतसहित अग्र स्थानमा रहदा एमालेका कृष्ण बहादुर थापाले २२ हजार १ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, वीरगन्ज महानगरमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका जनता समाजवादी पार्टीका राजेशमान सिंहले १९ हजार ४२९ मत प्राप्त गर्दा नेकपा एमालेका विजयकुमार सरावगीले १० हजार १ सय ६१ मत प्राप्त गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु