दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रतिस्पर्धी होस् त यस्तो; पराजित न्याैपानेले दिए महर्जनलाई बधाई तथा शुभकामना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते, शुक्रबार ९:२२

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ को अध्यक्षमा पराजित कांग्रेस उम्मेदवार राम प्रसाद न्याैपानेले नेकपा एमालेका वडाध्यक्षमा विजेता दिनेश महर्जनलाई बधाई दिएका छन् ।

महर्जनलाई खादा ओढाएर न्याैपानेले बधाई दिँदै वडाले अगाडि सार्ने विकास र समृद्धिको अभियानमा आफू पनि सँगै रहने प्रतिबद्धता पनि जनाए । यस कार्यले उच्च राजनीतिक संस्कारको उदाहरण प्रस्तुत भएको छ ।

न्याैपानेले परिणाम सार्वजनिक भएपछि फेसबुक स्टाटस लेखेर मतदाता र विजेता सबैलाई बधाई र धन्यवाद दिएका छन् । उनले लेखेका छन्:

हार्दिक आभार तथा बधाई

मिति २०७९ साल बैशाख ३० गते भएको स्थानियतह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट यस का.म.पा ४ वडामा म राम प्रसाद न्यौपाने अध्यक्षको उम्मेदवार सदस्यका उम्मेदवार सुवर्ण वहादुर सिलवाल संजय श्रेष्ठ , सावित्री खनाल र सिता दमाई हुँदै गर्दा हामीलाईनिर्वाचित गराउनको लागि सहयोग गर्ने सम्पूर्ण हाम्रा ईष्टमित्र साथिभाई, शुभचिन्तक, मान्यवर वडा वासी, सहयोगि सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौ/ हार र जित सबै प्रक्रियामा हामी रमाउने मानिस भएको ले हाम्रो हारलाई स्वीकार गर्ने क्षमता पनि छ र सामाजिक कार्य गर्ने प्रयासलाई अझ सुदृण र सवल गर्न अझ प्रेरणा बढाउने आसा र भरोसाका साथ सम्पूर्ण वडा वासी आमा, बुवा, दाजुभाई ईष्टमित्र शुभेच्छुक मा आभार व्यक्त गर्दै बिजयी सम्पूर्ण नेकपाका मित्रहरूलाई हार्दिक बधाई तथा शुभकामना प्रकटगर्दछु भने हामीभनेर जसले हामीलाई मतदान गर्नुभयाे उहाँहरूलाई बिषेश धन्यवाद। हामीहरू हजुरहरूले दिएकाे मतकाे उच्चकदर गर्दै निर्वाचित साथिहरूलाई राम्रोकामकाेलागि सहयाेगर्दै नराम्रोकाम गरेमा खवरदारी गर्नेकार्य गर्नेछाै भने वडावासीहरूलाई सदैब सेवागर्ने छाै। जय नेपाल।

राम प्रसाद न्याैपाने
कामपा ४वडा, वडाअध्यक्षकाे उम्मेदवार
कामपा ४ बालुवाटार ९८५१०२३०२७

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु