
०६ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन् । उपमेयरमा भने एमालेकी शान्ति थापा विजयी भएकी छन् ।
मेयरमा कार्कीले ११ हजार ३२२ पाए भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकी थापाले ९ हजार ८७५ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईं ५ हजार ४२२ मत मात्र प्राप्त गरे ।
त्यसैगरी, उपमेयरमा भने एमाले निर्वाचित भएको छ । एमालेकी शान्ता थापा ९ हजार ९७५ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका भोला चौलागाईंले ५ हजार ४२२ मत प्राप्त गरे ।
जित संगै आज हजाराैकाे संख्यामा बिजय जुलुस निकालेर नगर र टाेलकाे परिक्रमा पनि गरेकाे छन ।


