हेटौडा उपमहानगरपालिकामा प्रमुखमा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा र उपप्रमुखमा काँग्रेसका राजेश बानियाँ विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ७, शनिबार ०६:३३

हेटौडा,७ जेठ। हेटौडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा र उपप्रमुखमा काँग्रेसका राजेश बानियाँ विजयी भएका हुन्।

प्रमुखमा विजयी हुनुभभएकी लामाले २३ हजार ७५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयरमा विजयी राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु