
नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका वडा-८ मा नेकपा एमालेको वडाअध्यक्ष सहित सम्पूर्ण प्यानल नै बिजयी भएको छ ।
गत ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट यस नगरपालिकाको ८ नम्बर वडा अध्यक्षमा बिजयी भएका एमालेका सुरेशलाल चित्रकार ९६० मतसहित विजयी हुँदा कांग्रेसका गोकर्ण पुडासैनीले दोस्रो हुँदै ८९९ मत प्राप्त गर्नुभयो ।
सदस्यहरूमा एमालेकै गणेशकुमार दाहाल,यमहादुर लामिछाने,
रमा तामाङ र लक्ष्मी सुनार विजयी भएका छन् ।


