
नुवाकोट ,७ जेठ । नुवाकोटको बेलकोटगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
शनिबार बिहान सार्वजनिक मत परिणामअनुसार मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर गुरुङ र उप मेयरमा काँग्रेसका शिवप्रसाद दाहाल विजयी भएका हुन्।
प्रमुखमा विजयी हुनु भएको गुरूङले १३२२२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्ररमण खनाल ६७९४ मत प्राप्त गर्नुभयो ।
यस्तै उपमेयरमा विजयी शिवप्रसाद दाहालले १०७६६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुपा सापकोटाले ७२७४ मत प्राप्त गर्नुभयो ।


