दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चन्दन र राजेन्द्र पहिलो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते, शनिबार १९:३०

काठमाडौं, जेठ ७ गते ।

काठमाडौंका चन्दन शाही र ललितपुर जिल्ला टेबलटेनिस संघका राजेन्द्र वज्राचार्यले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । भेट्रान पुरुष सिंगल्सको ४० वर्षमाथि चन्दन र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् ।

स्पिन इभेन्ट्स प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको ४० वर्षमाथि फाइनलमा चन्दनले एमआईएसका नरेश रावललाई ७–११, ११–८, ११–३, ११–७ र ११–६ को सेटमा पराजित गरे । ललितपुरका राजिप महर्जन र कीर्तिपुरका प्रशान्त महर्जनले तेश्रो स्थानमा चित्त बुझाए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनसीसीएसका कपुर शर्मा पौडेललाई १२–१४, ७–११, ११–७, ११–८, ११–८ र १४–१२ को सेटमा हराए । एपीएमका विश्वास गौचन र एएनएस १९८० का किरणमुनि वज्राचार्य तेश्रो बने ।

प्रतियोगितामा भेट्रान र विभिन्न उमेरसमूह गरी ८ स्पर्धा रहेको आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । आठै स्पर्धामा नगद पुरस्कार राखिएको छ । सोमबारसम्म चल्ने प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा अमेरिका बस्ने श्रवण चिपालु रहेका छन् । स्व. मिलन श्रेष्ठ टेबलटेनिसका पूर्व खेलाडी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु