दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भोलि हुने भनिएको नेपाल पर्वतारोहण संघको साधारणसभा स्थगन् गर्न आह्वान (विज्ञप्तीसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते, आईतवार १९:३१

काठमाडौं, ८ जेठ । नेपाल पर्वतारोहण संघको भोलि (सोमबार) हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गैरीधारा सिल्भर ओक बंैक्वेटमा बोलाईएको सभा बहिष्कार गर्न सबै सदस्यहरुलाई आग्रह गरिएको हो ।
संघका निर्वतमान अध्यक्ष आङछिरिङ शेर्पा, पुर्व अध्यक्ष जिम्मा जाङबु शेर्पा र कार्यसमिति सदस्य तुल्सी गुरुङले संघको गैरवैधानिक ३१औं साधारणसभा स्थगन गर्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन् ।
संघको साधारणसभा विधानविपरित रहेका भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि कुनैपनि कामकारबाही नगर्न आदेश दिएको उनीहरुको भनाई छ ।
संघका बहुसंख्यक सदस्यहरु, आरोहीहरु, पर्यटन मजदुरहर तथा पर्यटन व्यवसायीहरु हिमाल आरोहण तथा टे«किङ पेशामा काठमाडौं उपत्यकाभन्दा बाहिर ब्यस्त रहेको मौका छोपेर २ वर्ष अगाडि नै कार्यकाल समाप्त भइसकेका कार्यसमितिले संघको विधानविपरित केन्द्रीय सचिवालयले भोलि गर्न लागेको साधारणसभा स्थगन गर्नुपर्ने उनीहरुको माग छ ।
यसअघि समयमा गर्नुपर्ने केन्द्रीय कार्यसमितिको निर्वाचनलाई गौण बनाई विषयलाई पुनः निरन्तरता प्रदान गर्दै ३१औं वार्षिक साधारणसभा ०७८ चैत्र ९ गते बोलाइएकोमा पाटन उच्च अदालतको अन्तरिम आदेश पश्चात् स्थगित गरिएको थियो ।
‘भोलि बोलाइएको साधारणसभा आरोही, ट्रेकिङ मजदुर तथा पर्यटन व्यवसायीहरुलाई आफ्नै हक अधिकारबाट बञ्चित गर्ने षड्यन्त्रको भण्डारफोर गर्दै हामी निन्दा गर्दछौ ।’–जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पाले नेपाल पर्वतारोहण संघको कार्यकाल सकिएर २ वर्ष हुँदापनि कार्यसमितिको चुनाव गर्ने पहल नगरेको आरोप लगाए । संघलाई आफुहरुले धेरै दबाब दिएपनि आलटाल गरेपछि तुरुन्तै चुनाव गर्नुपर्यो र चुनावबाट नयाँ कार्यसमिति चुन्न पहल गरिदिन आग्रह गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको सुनाए । संघको चुनाव तत्काल गर्नुपर्छ भनेर आफूहरु काठमाडौंस्थित् सिडियो कार्यालय गएको उनले स्पष्ट पारे ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो साधारणसभा संघको विधानविपरित रहेकोले कुनैपनि कामकारवाही नगर्न लिखित आदेश दिएको हुनाले सबैले बहिष्कार गर्नुपर्ने धारणा राखे ।
त्यस्तै, नेता आङकाजी शेर्पाले नेपाल पर्वतारोहण संघले कार्यकाल सकिएको २ वर्षसम्म पनि निर्वाचन गर्न आलटाल गरेपछि जिल्ला प्रशासन कार्यालयले आगामी बैशाख २७ र २८ गते निर्वाचन घोषणा गरिदिएको सुनाए । उनले भने,‘नेपाल पर्वतारोहण संघले निर्वाचनमा आफ्नो पक्षका सदस्यहरु नभएपछि विधान मिचेर संशोधन गर्न साधारणसभाको आयोजना गरेको हो । यो सबै सदस्यले बहिस्कार गर्नुपर्छ ।’
पुर्व अध्यक्ष जिम्बा जाङ्वु शेर्पाले प्रेस विज्ञप्ती पढेर सुनाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु