• दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार २०:१९

    दुर्गामानको राष्ट्रिय कीर्तिमान
    दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
    सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजीमुनि तौलसमूह दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुने । राजाराम सिलवाल दोश्रो भए ।


    राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा अर्जुन दोङ पहिलो भए । उनले ६० केजी तौल उठाए । दीपक तिमल्सिना दोश्रो तथा सोमनाथ राई तेश्रो भए । ६५ केजीमा ठाकुर श्रेष्ठले शीर्ष स्थान हात पारे । उनले ९० केजी उचाले । निर्मल श्रेष्ठले रजत तथा विष्णुपुकार श्रेष्ठले कांस्य जिते । ७२ केजीमाथि किरणकिशोर सापकोटाले ९० केजी वजन उठाउदै स्वर्ण जिते । शरद पौडेल दोश्रो तथा भरत विसी तेश्रो बने ।
    महिला खुलामा सरिता थुलुङ पहिलो भइन् । सरिताले ५२ केजी भार वहन गरिन् । निर्मला भणडारी दोश्रो तथा टिना महर्जन तेश्रो भए ।


    विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदी, आयोजक संघका अध्यक्ष टेकबहादुर गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

    सो अवसरमा सदस्य–सचिव घिसिङले पारा खेलकुदलाई अझ फराकिलो दायरामा आयोजना गर्ने गरी परिषद्ले तयारी गरिरहेको बताए ।
    एकदिने प्रतियोगिताको पुरुषमा ४ स्पर्धामा ३२ खेलाडी तथा महिलाको १ स्पर्धामा ५ खेलाडी सहभागी थिए । पारा राष्ट्रिय खेलकुदअन्तर्गत अब ५ खेलको प्रतियोगिता हुन बाँकी छ । खेलकुदमा १२ खेल समावेश छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु