दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आठौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते, सोमबार २०:४२

आठौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता हुने
नेपाल कराते महासंघको तत्वाधन तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार,शाखा डोजो नक्सालको २३ औंबार्षिकोत्सवको अवशरमा आठौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता यही जेठ १३ गते शुक्रबार देखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत ,पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउनेछ । प्रतियोगितामा पुरुष तर्फकोजुनियर तथा क्याडेट ईभेन्टसमा –२५,–३०,३३,३५,४०,४५ र पुरुष कै सिनियर तर्फ –५०,–५५,–६०,६७ –७५,–८४,+८४ किलोका साथै एकलकाता र महिला तर्फ जुनियर तथा क्याडेट –२५,–३०,–३३,–३५,–४०,–४५ किलो र महिला कै सिनियर तर्फ –५०,–५५,–६१,६७,+६८ किलोतौल समुह गरी कुल २६ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुरखपा‘गी ’ईश्वर’ ले जानकारी गराए । दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु लगायत हजारौं खेलाडीहरु उत्पादन गर्न बिगत लामो समय देखि कोरोना भाईरसका कारण खुलेर प्रतियोगितामा आयोजना एवम सहभागी हुन नसकेका समग्रकरातेकर्मीहरुलाई यस प्रतियोगिताले पुनर्ताजगी बनाउने आशा एवम अपेक्षा राखेको कार्यक्रम संयोजक खपाङगीले बताउनुभयो । नेपालसितोरियो कराते संघ,शाखा डोजो नक्सालले यस अघि आफ्नो २२ बर्षे यात्रा पुरा गर्दै २२ वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेकाछन ।नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालद्धारा आयोजित यो समग्रमा २३ औं कार्यक्रम हो । यस प्रतियोगितालेक्षमता,योग्यता,अनुभव र दक्ष भएरपनि आर्थिक अभावका कारण अन्तराष्ट्रिय स्तरको अनुभव संगाल्न नपाएका खेलाडीहरुका निम्ति राम्रोमाध्यम र गतिलो प्लेटफर्म सावित नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवम् कार्यक्रम संयोजक गजेन्द्र बहादुर खपाङ्गी’ईश्वर’ ले बताउनुभयो । तीन दिनसम्म निरन्तर चल्ने प्रतियोगिताका खेलहरु काठमाण्डौ त्रिपुरेश्वर स्थित,दशरथ रंगशाला राष्ट्रिय खेलकुदपरिषदको कभर्डहलमा संचालन हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु