• अधिकारी प्रति श्रद्धाञ्जली

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार २०:४५

    अधिकारी प्रति श्रद्धाञ्जली
    राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा लाइफ गार्डमा कार्यरत दिवाकर अधिकारीको स्वर्गारोहण भएको १३ औं दिनको पुण्य तिथिमा सोमबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।
    त्यस अवसरमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित एक मिनेट मौन धारण गरिएको थियो । राखेप सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, प्रचार प्रसार शाखाका प्रमुख फणिन्द्र पौड्याल, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कटुवाल, कर्मचारीलगायतले स्व. अधिकारीको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । अधिकारीको गत बैशाख २८ गते सडक दुर्घटनामा परी निधन भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु