• रामेछाप कि सुमिता तामाङको साइप्रसमा उपचार कै क्रममा निधन।

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १७:१८

    मनिशा अर्याल ,काठमाडौं । रामेछाप जिल्ला नमाडि -९ निवासी हाल साइप्रसको लिमासोलमा बस्दै आएकी २२ वर्षकि सुमिता तामाङ को मृत्युु भएको छ।बिगत केही समय अगि सामान्य मस्तिष्क सम्बन्धि रोगबाट अचेत अबस्थामा अस्पताल लगिएको जानकारी प्राप्त भएको थियो ।उपचारकै क्रममा सोमबार बिहान ११:४० बजे निकोसिया स्थित जनरल हस्पिटलमा सुमिता तामाङको दु:खद निधन हुन गएको गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समितिको सदस्य प्रकाश बराइली ले मंगलबार बताएको छ।

    कामदार भिषामा करिब ८ महिना अगि साइप्रसको लिमासोलमा आएकी थिइन् ।तामाङको मृत्यु प्रश्चात आउनु पर्ने रिपोर्ट प्राप्त नभएको र तामाङको मृत्युका सम्बन्धमा परिवारलाई जानकारी गराइ सकेको अबैतानिक राजदुतावास डा.रामजिवन पंजियारले जानकारी गराउनु भयो।

    दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ l साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु