दुइदिने एचआर कार्निभल आयोजना हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १० गते, मंगलवार १७:४४

काठमाडौं/साउथवेष्टन स्टेट कलेज र साउथवेष्टन स्टेट कलेजका भुतपुर्व विद्यार्थीहरुको संगठन सेसनले दुइदिने एचआर कार्निभलको आयोजना गर्ने भएको छ । आगामी १४ र २० जेठमा गरि दुई चरणमा आयोजना हुने सो कार्यक्रम काठमाडौको बसुन्धरास्थित साउथवेष्टनस्टेट कलेजको प्रांगणमा आयोजना हुनेछ ।
शैक्षिक योग्यता पुरा गरेपनि विद्यार्थीहरुमा रोजगारी र पेशा छनोट गर्दा विभिन्न समस्याहरु हुने गरेकोले सहभागीहरुलाई रोजगारी छनोट गर्न तथा आबद्ध हुनका निम्ति आवश्यक हुने आधारभुत पक्षमा सबल बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
आफ्नो योग्यता र रुचि अनुसारको पेशा छनोट, विभिन्न संस्थाबिचको सहकार्य, अन्तर्वाताको माध्यमबाट योग्य सहभागिलाइ रोजगारिको अवसर दिने गरि कार्यक्रमको संरचना तयार गरिएको छ । कार्यक्रममा सहजकर्ता तथा प्रमुख वक्ताको रुपमा प्रयास राजोपाध्याय, समय खड्का र अनिल उपाध्ययाय उपस्थित हुनेछन ।
कार्यक्रम सम्बन्धि जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै सेसनकि अध्यक्ष मेधाविनी ढकालले यस कार्यक्रमबाट सम्पुर्ण सहभागिले आँफु योग्य रहेको क्षेत्र, पेशा तथा रोजगारी पहिल्याउन सक्ने तथा त्यसका निम्ति आँफुलाई तयार गर्न सक्ने गरि लाभान्वित हुने वताईन ।
आँफुलाइ सुहाउदो, आफू योग्य र सफल हुने पेशा छनोट हुन नसक्दा असफल हुनुपरेकोले यस किसिमको कार्यक्रम आवश्यक रहेको ढकालले वताईन । कार्यक्रममा सहभागीताका निम्ति सहभागीलाई प्रति व्यक्ति रुपैयाँ एक हजार शुल्क तोकिएको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु