• रोयल र जेभियर उपाधिनजिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १९:५५

    रोयल र जेभियर उपाधिनजिक ः
    रोयल स्पोर्ट्स सेन्ट्रल र जेभियर इन्टरनेसनल कलेज फादर वाट्रिन स्मृति महिला खुला बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा पुगेका छन् । राउन्ड रोविन लिगमा रोयल विजेता तथा जेभियर उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।
    गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले नयाँ बजार क्लब, कीर्तिपुरलाई ३४–१७ ले पाखा लगायो । रोयलकी प्रतिक्षा मगरले १४ स्कोर गरिन् । जेभियरले आईएसए नेपाललाई २८–१९ ले पन्छायो । जेभियरकी कृति चौधरीले ८ अंक जोडिन् । फाइनल बिहीबार हुने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु