दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रोयलको ह्याट्रिक उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते, बुधबार २०:३४

काठमाडौं, जेठ ११ गते ।
आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । रोयलको यो ह्याट्रिक उपाधि हो ।
ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा रोयलले टाइम्स इन्टरनेसनल कलेजलाई ८५–८४ ले पराजित गर्दै ह्याट्रिक उपाधि पूरा ग¥यो । ह्याट्रिक उपाधि यात्रामा यसअघिका फाइनलमा पनि रोयलले टाइम्सलाई नै हराएको थियो । रोयलका निकेश मगरले ३४ स्कोर गरे । टाइम्सका मनीष केसीले ३७ अंक जोडे ।
निर्धारित चार क्वाटरको खेल ६७–६७ को बराबरीमा सकिएको थियो । त्यसपछि पनि दुई पटक अत्तिरिक्त समय थप्नु परेको थियो । थप गरिएको पहिलो ५ मिनेटको अत्तिरिक्त समयको खेल पनि १०–१० को बराबरीमा टुंगियो । दोश्रो पटक थप गरिएको ५ मिनेटको अत्तिरिक्त समयमा रोयल ८–७ ले अगाडि रहँदै समग्रमा फाइनल खेल १ अंकले जित्यो ।
उपाधिसंगै रोयलले ५० हजार नगद पुरस्कार पायो भने टाइम्सले १५ हजार नगदमा चित्त बुझाए । रोयलका आशिष बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले ५ हजार नगदसहित शेर्पा चाइको गिफ्ट ह्याम्पर प्राप्त गरे । मोफसलको धरान मेघा कलेजले उदीयमान टिमको उपाधि हात पा¥यो ।
विजेतालाई नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङ, गोदावारी अल्मुनाइ एसोसिएन (जिएए) का अध्यक्ष प्रकाशबाबु केसी र शेर्पा चाइका हेड ब्रिवर दिल्लीराम कोइरालाले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
जिएएको आयोजनामा रोयलकै कोर्टमा भइरहेको फादर वाट्रिन स्मृति महिला खुला बास्केटबल प्रतियोगिताको उपाधिका लागि रोयल र जेभियर इन्टरनेसनल कलेज बिहीबार भिड्दै छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु