दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मनास्लु फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते, बुधबार २०:४०

मनास्लु फाइनलमा
आयोजक मनास्लु प्रथम मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
नयाँ बजारस्थित घरेलु कोर्टमा मनास्लुले एनसीसीएसलाई ७–२ ले पराजित ग¥यो । सेमिफाइनलमा मनास्लुको भेट टिम बलर्ससंग हुने छ । अर्को सेमिफाइनलमा आईएसएले एसिया प्यासिफिक विरुद्ध खेल्नेछ ।
ब्वाइजमा प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । प्रिक्वाटरफाइनल टिम राजेश र टिम स्प्लास, ज्ञान टाइगर र केडीए, टिम दीपेश र बलर्स ‘बी’, रिभेरा र टिम आलोक, मनास्लु ‘बी’ र टिम रोशन, एसिया प्यासिफिक र टिम रेड, टिम जिरो र नवोदित तथा एमेजिङ बलर्स र बलर्स ‘ए’ बीच हुने छ ।
प्रतियोगिताको मनास्लुका कार्यकारी निर्देशक जेबी दवाडी र अत्तिरिक्त क्रियाकलाप प्रमुख अमृत अधिकारीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । सो अवसरमा कार्यकारी निर्देशक अधिकारीले विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षासंगै अत्तिरिक्त क्रियाकलाप पनि अगाडि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
दुवै समूहमा पहिलो हुनेले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सहभागी सबैलाई प्लस टु अध्ययनका लागि छात्रवृत्ति पनि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको ब्वाइजमा ३५ र गल्र्समा ९ टिम सहभागी छन् । फाइनल बिहीबार हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु