दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सेमीफाइनल समीकरण पूरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते, बुधबार २०:५२

सेमीफाइनल समीकरण पूरा
नेपाल सोतोकान कराते संघको आयोजनामा भइरहेको १३ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बुधबार सेमिफाइनलमा समीकरण पूरा भएको छ ।
नेपाल, भारत र बंगलादेशका खेलाडी सहभागी प्रतियोगिताको पहिलो दिन मंगलबार नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भएको थियो । त्यसबाट हरेक तौलसमूहबाट २ खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
दोश्रो दिन बुधबार भारत र बंगलादेशका खेलाडी सम्मिलित प्रतिस्पर्धा भएको थियो । यो प्रतिस्पर्धाबाट पनि हरेक तौलसमूहबाट दुई खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल प्रवेश गर्नेले प्रतियोगिताको अन्तिम दिन बिहीबार प्रतिस्पर्धा गर्ने छन् । बिहीबारै फाइनल पनि हुने छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता मंगलबार सुरु भएपनि औपचारिक उद्घाटन बुधबार भएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी प्रतियोगितामा करिब ६ सय खेलाडीले विभिन्न ४६ स्पर्धामा प्रतिस्पर्धा गरिहेको आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु