तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं महानगरपािलकाको १५ नं वडाको वडाध्यक्षमा एकीकृत समाजवादीका ईश्वरमान डंगोल निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते, बिहीबार १४:४१

जेठ १२, काठमाडौं । एैतिहासिक सम्पदा क्षेत्र स्वयंम्भुमा रहेको काठमाडौं महानगरपािलकाको वडा नं १५ को वडाध्यक्षमा एकीकृत समाजवादीले पहिलो एकमात्र वडाध्यक्षका रुपमा जति हासिल गरेको छ । काठमाडैं महानगरपािलकामा अव वडा नं १४ को मात्रै मत परिणाम आउन बाकी रहेको छ ।

काठमाडौं महानगरमा नेकपा एसको पहिलो र एक मात्र वडाध्यक्षका रूपमा ईश्वरमान डंगोलको जित निश्चित भएको छ । उनले वडा नम्बर १५ बाट डंगोलले जित हासिल गर्दै पार्टीको बीउ जोगाएका हुन् ।भर्खरै सम्पन्न भएको मतगणना अनुसार यस वडामा डंगोलले ३४७६ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका जीवन डंगोलले १५७२ मत प्राप्त गरे भने एमालेका पूर्णकाजी डंगोललाई १३९३ भोट आयो ।ईश्वरमान यसअघि पनि वडा नम्बर १५ का वडाध्यक्ष हुन् । यस स्थानीय चुनावमा उनी उपमेयर पदका आकांक्षी थिए । तर, टिकट नपाएपछि वडाध्यक्षमै उठे । आफ्नो वडामा उनी निकै लोकप्रिय छन् ।

मेयरमा यस वडामा सबैभन्दा बढी स्वतनत्र उम्मेदवार बालेनले भोट ल्याएका छन् । उनले २१०६ भोट ल्याउँदा एमालेका केशव स्थापितले १५६८ र कांग्रेसकी सिर्जना सिंहले १५०९ भोट ल्याइन् ।

काठमाडौं महानगरका निवर्तमान ३ जना वडाध्यक्ष नेकपा एस प्रवेश गरेका थिए । तीमध्ये टिकट चुनाव जित्ने उनीमात्र हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु