दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौ महानगरपालिकाको मत गणना अन्तिम चरणमा वालेन र सुनिताको जीत सुनिश्चित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते, बिहीबार १५:५५

काठमाडौं । निकै चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)को जीत सुनिश्चित भइसकेको अवस्थामा अब अन्तिम ३ वटा मात्रै मत पेटिकाको मत गणना गर्न बाँकी रहेको छ ।

हालसम्म स्वतन्त्र उम्मेदवार वालेन्द्र साह आफ्नो निकटमत प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा २१ हजार ६०७ मतान्तरका साथ अगाडि रहेका छन् । ५९ हजार १४९ मतका वालेन अग्र स्थानमा रहेका छन्, भने उनका प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छन् ।

त्यस्तै नेकपा (एमाले)का केशव स्थापित तेस्रो स्थानमा रहेका छन् । उनले ३७ हजार २१८ मत प्राप्त गरेका छन्, भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ३२२ मत, राप्रपाका मदनदास श्रेष्ठले २ हजार ९९६ मत र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ३४४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै काठमाडौं महानगरको उपमेयरमा नेकपा (एमाले)की सुनिता ढंगोलको पनि जीत सुनिश्चित भइसकेको छ । हालसम्म उनी प्रतिस्पर्धी नेकपा (एस)का रामेश्वर श्रेष्ठ भन्दा ३५ हजार ८७७ मतान्तरले अगाडि छन् । सुनिताले ५३ हजार ६४२ मत प्राप्त गरिसकेकी छन्, भने रामेश्वरले १७ हजार ७६५ मत प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु