दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज नेप्से परिसूचक ८ अंकले बढ्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते, बिहीबार १८:००

काठमाडौं, जेठ १२ । सेयर बजार मापक परिसूचक नेप्से बिहीबार पनि वृद्धि भएको छ। पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर रुपमा वृद्धि हुँदै आएको छ। आज नेप्से ८.०३ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको छ।

आज २२२ कम्पनीको २३ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ। नेप्से सामान्य अंक बढेपनि बिहीवार कारोबार रकम भने न्यून भएको छ। अघिल्लो कारोबार दिन एक अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी ८ उपसमूहको परिसूचक वृद्धि भएको छ। जसमध्ये बैंकिङ उपसमूह सबैभन्दा बढी ०.९८ प्रतिशतले बढेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८६ प्रतिशत घटेको छ।

बिहीवारको कारोबारमा मेगा बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नारायणी डेभलमेण्ट बैंकको ६.२० प्रतिशत बढेको छ। यता, गुराँस लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.४७ प्रतिशत घटेको छ। सिंगटी हाइड्रो इनर्जी र माउण्टेन इनर्जीको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु