तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लोकतान्त्रिक प्रणालीमा आमनागरिक सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित- पाैडेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते, शुक्रबार १६:३४

‘लोकतान्त्रिक प्रणालीमा आमनागरिक सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित’ काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतान्त्रिक प्रणालीमा आमनागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित भएको बताएका छन् । बालेन्द्र साह, हर्क साङ्गपाङ्ग र गोपाल हमाल लगायतका स्वतन्त्र उमेदवारको विजयले यसलाई पुष्टि गरेको भन्दै पौडेलले नागरिकले जनप्रतिनिधिको रुपमा एक विशुद्ध सेवक चाहने पनि बताए । ‘बालेन्द्र शाह, हर्क साङ्गपाङ्ग र गोपाल हमाल लगायतका स्वतन्त्र उमेदवारमाथि नागरिकहरुले गरेको विश्वास र भरोसाले लोकतान्त्रिक प्रणालीमा आम नागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित भएको छ । र, आजका नागरिक जनप्रतिनिधिको रुपमा एक विशुद्ध सेवक चाहन्छन्, इमान्दार व्यक्ति चाहन्छन्, स्थानीयस्तरमा घुलमिल हुँदै आम मतदातासँग हातेमालो गरेर अघि बढ्ने पथप्रदर्शक चाहन्छन्, स्पष्ट विचार, भिजन र एजेण्डा चाहन्छन्,’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । स्थानीय तह निर्वाचनबाट जनताको नजरमा आफूलाई अब्बल साबित गर्न सफल सबै स्वतन्त्रबाट विजेता जनप्रतिनिधिहरुलाई हार्दिक वधाई तथा सफल कार्यकालको लागि अग्रिम शुभकामना दिएका छन् । उनले काँग्रेस जस्तोसुकै चुनावी परिणाम आएपनि हरेक परिस्थितिमा आम नागरिकसँगसँगै उभिँदै आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘आगामी दिनहरुमा पनि परिस्कृत हुँदै आम मतदाताहरु आगामी दिनहरुमा पनि परिस्कृत हुदैँ, आम मतदाताहरुको चाहनाको उच्च मुल्याङ्कन गर्दै अझ प्रष्टसँग आफ्ना विचार, भिजन र एजेण्डा सहित तपाईँहरुसँगै सहकार्य गरिरहनेछौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु