दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

श्रीकृष्ण प्रणामी मन्दिर गोठाटारमा कागेश्वरी मनहरा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते, शनिबार ९:५३

किसोर सेढाई

जेठ १४,काठमाडौं ।स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाको कागेश्वरी मनहरा नगरपािलकाबाट विजयी नव निर्वाचित जनप्रतिनिधिहरुहलाई शुक्रबार कागेश्वरी मनहरा नगरपालिकाको वडा नं ८ मा रहेको श्रीकृष्ण मन्दिर नवतनधाममा एक कार्यक्रमबिच स्वागत तथा बधाई ज्ञापन गरिएको छ ।

कार्यक्रमको शुरुमा श्रीकृष्ण प्रणामी मन्दिर गोठाटारका १०८ महाराज अमृतराज महाराजले कार्यालयमा जन साधारणसंग भेटन एक घण्टा समय मेयरले छुटयाउनु पर्ने मेयरलाई सुझाव दिंदैं नवतनधाममा आउने कच्ची बाटो पिच गर्ने प्रक्रिया अघि बढाउन नगरपालिकाका नवनिर्वाचित प्रमुखलाई अनुरोध अनुरोध गर्नु भयो ।
कार्यक्रममा बोल्दे कागेश्वरी मनहरा नगरपालिकाका नवनिर्वाचित प्रमुख उपेन्द्र कार्कीले आफनो कागेश्वरी मनहरा नगरपालिकामा रहेको यो महत्वपुर्ण धार्मिक महत्वको श्रीकृष्ण प्रणामी मन्दिरको भौतिक संरचनाको विकास र यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न आफनो पुर्ण सहयोग रहेको बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै कागेश्वरी मनहरा नगरपािलकाकी उप प्रमुख शान्ता थापाले गोठाटारमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर नेपालकै गहनाको रपमा रहेको र यसको सांस्कृतिक विरासतलाई बचाई राख्न नगरपालिकाको अहम भूमिका रहने बताउनु भयो ।

कार्यक्रममा बोल्दै श्रीकृष्ण प्रणामी मन्दिर गोठाटारका सामाजिक विकास विभागका संयोजक,तथा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका पुर्व सभापति तथा काठमाडौं महानगरपालिकाका सुचना प्रविधि विभाग प्रमुख नमराज ढकालले नवनिर्वाचित नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई शुभकामना दिंदै उहाँहरुको सफल कार्यकालको कामना गर्नु भयो । जनताको घरदैलौको रुपमा रहेको स्थानीय तहमा मालपोतको कार्य पनि समावेश हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका पुर्व केन्द्रीय अध्यक्ष श्याम के.सीले नवनिर्वाचितहरुलाई शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई श्रीकृष्ण प्रणामी मन्दिर गोठाटारको तर्फबाट माँयाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको आयोजना श्रीकृष्ण प्रणामी सेवा समिति,श्रीनवतनधाम संचालक समिति ,श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल र श्रीकृष्ण प्रणामी बाईजुराज महिला समितिले संयुक्त रुपमा गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु