
काठमाडौ । अपाङ्गता क्षेत्रमा क्रियाशिल अपाङगता भएको व्यक्तित्व अपाङ्ग मैत्री नेपालका अध्यक्ष समाजसेवी काजीलाल श्रेष्ठ सम्मानित भएका छन् ।
काठमाडौमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०७९को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा कलाकारको भूमिका ” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच श्रेष्ठलाई सम्मान गर्नु भएको हो।
सम्मानित श्रेष्ठ अपाङ्गता क्षेत्रवाट लामो समयदेखि समसामयिक राजनीति तथा सामाजिक क्षेत्रमा आवाज बुलन्द गर्दै आएका छन। भ्रष्ट्राचार विरुद्धको महाअभियानमा लाग्दै आएका श्रेष्ठले विगतका लकडाउनको वेला एकल महिला,असहाय, अनाथ, अपाङ्गता भएकाहरुलाई घरघरमा पुगेर सक्दो राहत वितरण गरेर उल्लेखनीय सामाजिक सेवा गरेका छन। जुन सबैले मुक्तकण्ठले प्रशंशा गर्ने गरेका छन्।

सम्मानित भए पछि श्रेष्ठले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा तिलक फिल्मस लाई धन्यबाद दिदै अपाङ्गता, सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान गरिएको थियो ।


