
– शिव अधिकारी–
यो दिव्य प्रकाश पुञ्ज युगमा झुल्क्यो की आभा छरी
ढाकेको छ हिमाल प्रात रविले रंगिन घुम्टो भरी
जागे मानिस फाल्नु पर्छ सबको संकष्ट चाडो भनि
आयो यो गणतन्त्र भन्छ दुनिया आशा भरोसा बनि ।। १ ।।
संसारै चकमन्न लाग्छ दुनियाँ संकष्टमा छन भने
बाटो बन्नु थियो सबै संग सगै हिड्दा सजिलो हुने
लामै दुःख र कष्टको छ घटना समाजमा के भयो
गणतन्त्र भनेर के कति लडे तिन्को त ज्यानै गयो ।। २ ।।
यो सामथ्र्य बन्यो निरंकुश सबै नास्ने इरादा लिई
लड्ने ति अगूवा कति समरमै ढलेर ज्यानै दिई
युवा ताकत नायवी कुशलता पाएर जागे सब
शक्ति मानिसको जुट्यो सहजनै पायौँ नयाँ गौरब ।। ३ ।।
यै सामथ्र्य सुधार मान मनको विकासको मार्ग हो
आफ्नै जीवन अर्पिए शहिदले यो नै ठूलो सान हो
हाम्रो पौरख चाहियो अब अझै संम्बृद्धि भर्ने गरी
जाने यो गणतन्त्र बन्छ सुखको आधार आफै भरी ।। ४ ।।
हिमाली बनकुञ्जको लहरमा पाईन्छ संञ्जिवनी
पानी छंछग शिरबाट झरना बन्दै बगेको पनि
हाम्रा फाँट हरा भरा छ सुनझै बाला बनि धानको
आयो आज नया मिठास युगको साझा गणतन्त्रको ।। ५ ।।


