तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पोखराबाट जोमसोमलागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते, आईतवार ११:३९

पोखरा । पोखराबाट जोमसोमलागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन भएको जनाइएको छ । सो विमानका चालक दलले म्याग्दीको घोरेपानीसम्म एयरपोर्टसँग सम्पर्कमा रहेकोमा लेतेको डाँडामा दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

सम्पर्क विहीन भएको तारा एयरको विमान खोज्न हेलिकोप्टर परिचालन गरिएको छ । पोखराबाट हेलिकोप्टर अहिले जोमसोमतर्फ गइरहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । विमानमा क्याप्टेन प्रभाकर घिमिरेले, विमान परिचालिका किस्मी थापा र चालक दलका अर्का सदस्य इस्सव पोखरेल रहनुभएको थियो । विमानमा अन्य १६ नेपाली यात्रु र ६ विदेशी सवार भएको खुलेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु