
काठमाडौ । लरलिङ ल्याडर स्कुलकी संस्थापक प्रिन्सीपल इन्दिरा केसी विगत लामो समय देखि शिक्षा र सामाजिक क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याए बापत सम्मानित भएकी छिन् ।
काठमाडौमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०७९को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा कलाकारको भूमिका ” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सम्मान समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच केसीलाई सम्मान गर्नु भएको हो।
सम्मानित भए पछि केसीले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा तिलक फिल्मस प्रालिका अध्यक्ष दिपक जोशीलाई धन्यबाद दिदै शिक्षा तथा सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।
कार्यक्रममा आयल निगमको पूर्व निर्देशक सिताराम पोखरेल, प्राज्ञ नन्दकृष्ण जोशी र नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका उपस्थिती भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान गरिएको थियो ।


