• आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १७:०५

    काठमाडौं , जेठ १५ । सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा उल्लेख छ ।

    पर्यटन क्षेत्रको पुनरुत्थानमा ध्यान दिइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । ऐतिहासिक तथा पुरातात्विक सम्पदाको उत्खननमा ध्यान दिइने बजेटमा उल्लेख छ ।

    हिल स्टेशन विकासमा प्रदेश र स्थानीय तहको साथ लिइने भएको छ । पदमार्गमा सञ्चार सुविधाको पहुँच विस्तार गरिने भएको छ । ग्रेट हिमालयन ट्रेलको स्तरोन्नती समेत बजेटमा समेटिएको छ ।

    सगरमाथामा पर्वतारोहण अनुसन्धान केन्द्र बनाइने भएको छ । यसैगरि सरकारले औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ८९ करोड बजेट छुट्याएको छ ।

    विभिन्न औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको पूर्वाधार विकास गर्न सरकारले यस्तो बजेट छुट्याएको हो ।

    सरकारले गत आर्थिक वर्षबाट विभिन्न ठाउामा नयाँ औद्योगिक क्षेत्र निर्माण थालेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु