
१५ जेठ २०७९ शर्मिला विश्वकर्मा, काठमाडौ
हरेक वर्षको मे २८ तारिकका दिन विश्व भरी नै सुरक्षित महिनावारी दिवस मनाउने गरिन्छ । हरेक वर्ष जस्तै हिजो मे २८ तारिकका दिन पहिचान नेपालले Woman’s Fund Asia को सहयोगमा काठमाडौंमा अपाङ्गता भएका महिलाहरुको यौन तथा प्रजनन् स्वास्थ्य र हक अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।
यस कार्यक्रममा पहिचान नेपालकी अध्यक्ष इच्छा के.सी.ले सहभागी सबैलाई स्वागत गर्दै यस पहिचान नेपालले अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकारको लागि काम गर्दै आएको, अप्ठ्यारोमा परेका अपाङ्गता भएका महिलाहरुकाले लागि अस्थाई छात्रावासको व्यवस्था गरिएको, विभिन्न ऐन कानून, नीति नियमका विषयमा विशेषज्ञयहरुद्धरा तालिम प्रदान गरिएको, व्यवसायिक तालिम दिएर स्वरोजगारका लागि प्रेरित गरिएको बताउनु भयो ।
साथै उहाँले सुरक्षित महिनावारी दिवसको अवसरमा अपाङ्गता भएका महिलाहरुले महिनावारीको विषयमा जानकारी राख्नु पर्ने, महिनावरीलाई व्यवस्थित गर्नु पर्ने, सरसफाईमा ध्यान दिनु पर्ने, यस विषयमा खुलेर बोल्नु पर्ने र समाजमा पनि महिनावारीका सवालमा सकारात्मक सन्देश दिन पहल गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा वीर अस्पतालमा कार्यरत नर्स मन्दिरा श्रेष्ठले महिनावारी एक प्राकृतिक प्रक्रिया भएको, यसलाई पापको रुपमा लिन नहुने, सरसफाई तथा पोषिलो खानेकुरामा ध्यान दिनु पर्ने, भन्दै प्रस्तुतीकरण गर्नु भएको थियो । साथै उहाँले महिनावारीको प्रक्रिया, शारीरिक पीडा, सामाजिक तथा साँस्कृतिक धारणाको बारेमा पनि प्रष्ट पार्दै महिनावारीमा हुने उतारचढाबमा हुने समस्या तथा निराकरणको विषयमा पनि प्रष्ट पार्नु भएको थियो । साथै उहाँले महिनावारीका समयमा आवश्यक हुने प्याड उत्पानदको लागि पहिचान नेपाललाई आवश्यक सहयोग गर्ने पनि बताउनु भयो ।
सुरक्षित महिनावारीका विषयमा पहिचान नेपालले हिजो काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी शारीरिक अपाङ्गता भएकी महिला चित्रमाया आलेले नेपालको पश्चिम तिर अझै पनि महिनावारीका समयमा महिलाहरुलाई घर देखि टाढा छुट्टै राख्ने, कसैलाई छुन नहुने लगायतका पराम्पराको अन्त्य हुन नसकेको बताउनु भयो । साथौ उहाँले विभिन्न निकायहरु त्था कार्यलय वा सार्वजनिक स्थानहरुमा अपाङ्गता मैत्री शौचालयहरु नभएको, शौचालयहरुमा आवश्यक पानीको व्यवस्था नगरिएको हुदा महिनावारीका समयमा अपाङ्गता भएका महिलाहरुले चुनैतीको सामना गर्न परेको गुनासो गर्नु भयो ।
त्यसै गरी ललतिपुर स्थति नमुना मच्छिन्द« माध्यमिक विद्यालयकी कक्षा १० मा अध्ययनरत दृष्टिविहिन छात्रा जानुका खनालले सम्बन्धीत निकायका शौचालयहरु अपाङ्गता मैत्री नहुदा, फोहोर व्यवस्थापन नगरिदा दृष्टिविहिन अपाङ्गता भएका महिलाहरुले निकै चुनौतीको सामना गर्न परेको भन्दै आगामी दिनमा पानी तथा फोहोर व्यवस्थापनको व्यवस्था गरिनु पर्ने बताउनु भयो भने पद्यमकन्या क्याम्पस बागबजारमा स्नातक तहमा अध्ययनरत मेरुदण्डपक्षघात अपाङ्गता भएकी महिला बसन्ती चौधरीले ह्वीलचियर प्रयोगकर्ता अपाङ्गता भएका महिलाहरुले पनि महिलनावारीका समयमा विभिन्न कठिनाईहरुको सामना गर्न बाध्य हुन परेको गुनासो गर्दै यस कार्यक्रम ज्यादै लाभदायक भएको बताउनु भयो ।
सो कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरुले पहिलो महिनावारीको अनुभव बताउनु भएको थियो भने दृष्टिविहिन अपाङ्गता भएका महिलाहरुले महिनावारीका सवालमा जनचेतना मुलक नाटक प्रस्तुत गर्नु भएको थियो ।


