दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ज्ञान टाइगरलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते, सोमबार २०:२०

ज्ञान टाइगरलाई उपाधि
ज्ञान टाइगरले पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा भएको फाइनलमा ज्ञान टाइगरले संस्कृतिलाई ५२–२२ ले सहजै पराजित ग¥यो । ज्ञान टाइगरका धनराज सरु मगरले सर्वाधिक २० अंक जोडे । धनराजनै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
पहिलो क्वाटरमा १२–९ को अग्रता बनाएको ज्ञान टाइगरले अन्तिमसम्म अग्रतालाई कायम राख्दै जित अन्तर फराकिलो बनायो । ज्ञान टाइगरले दोश्रोमा ८–२, तेश्रोमा २४–४ र चौथोमा ८–७ अंक जोड्यो ।
संस्कृतिका सुशांक अधिकारी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । उनले प्रतियोगिताभर ४२ स्कोर गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव रमेशकुमार सिलवाल, पाठशालाका प्रबन्ध निर्देशक टंक आचार्य, प्रमुख कार्यकारी अधिकृत इश्वर अधिकारी, प्रिन्सिपल विश्वनाथ कँडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरेको पाठशालाका बास्केटबल प्रशिक्षक अंकित श्रेष्ठले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु