एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • साइप्रसमा बढन थाल्यो मृत्युदर फेरि अर्को नेपाली महिला मृत अबस्थामा फेला।

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ जेष्ठ १८, बुधबार ०९:०१

    मनिशा,अर्याल युरोप।
    वैदेशिक रोजगारीमा जाने मानिसको संख्या बढेसँगै साइप्रसमा ज्यान गुमाउनेको संख्या पनि दैनिक वृद्धि हुँदै गैरहेको छ । पछिल्लो तथ्यांक अनुसार गएको सात, आठ महिनाको अन्तरालमा ७ जनाले साइप्रसमा ज्यान गुमाईसकेका छ्न । साइप्रसमा यसरी ज्यान गुमाउनेको दर दिनानुदिन वृद्धि हुन थालेकोमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदकी महासचिव राधा पोखरेल थापाले दुख व्यक्त गर्नुभएको छ। र यश समस्याको समाधान स्वरुप सरोकारवाला निकायले बिकल्प खोजी समाधानको माध्यम अपनाउनुपर्छ भन्ने बिचार ब्यक्त गर्नुभएको छ।

    पछिल्लो समयमा साइप्रसमा रोजगारीको शिलशिलामा आएर आफू र परिवारको सुन्दर भविष्य बनाउने अभिलाषा बोकेका कयौं युवकयुवती साइप्रसमा प्राकृतिक मृत्युभन्दा पनि सडक दुर्घटना, आत्महत्या जस्ता सर्वाधिक भएर ज्यान गुमाउने गरेको छ।
    गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसका अध्यक्ष कुन्दन कार्की का अनुसार गत आइतबार मे २९ तारिख (जेठ १५)नेपाल घर दोलखा जिल्ल भै हाल रोजगारीकै शिलशिला करिब ८ बर्ष अघि घरेलु कामदारको भिषामा साइप्रस मा आएकी ४६ बर्षिय बिध्या पौडेल को दु:खद निधन भएको छ।लिमासोल स्थित पिसोरीमा बस्दै आएकी पौडेल आफनै कोठामा मृत अवस्थामा फेला परेको नेपाली राजदुतावास निकोसियाले जानकारी दिएको छ। मृतक पौडेलले झुन्डिएर आत्माहत्या गरेको खुलिएको छ।

    मृतकको साइप्रसमा गरिनुपर्नी सम्पूर्ण कागजी प्रक्रिया पूरा गरि शब नेपाल पठाउने नेपाली राजदुतावास निकोसियाले बताएको छ।
    शोकको यस घडिमा मृतक पौडेल को निधन प्रती नेपाली दुताबास इजरायल ,अवैतनिक राजदुताबास साइप्रस,एनआरएनए साइप्रस लगाएत साइप्रस स्थित कृयाशिल सम्पुर्ण संघ सस्था र साइप्रसबासि नेपालीले गहिरो दु:ख ब्यक्त गर्दै चिरशान्तिको कामना शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषदले कामना समेत गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु