• तारा एयरलाइन्सले एक हप्ताका लागि पोखरा-जोमसोमको उडान स्थगित गर्ने निर्णय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १७:०१

    १९ जेठ, काठमाडौं । तारा एयरलाइन्सले एक हप्ताका लागि पोखरा-जोमसोमको उडान स्थगित गर्ने निर्णय गरेको छ । एयरलाइन्सले बिहीबार एक सुचना जारी गर्दै तारा एयरले एक सातासम्म पोखरा-मुस्ताङको टिकट बन्द गर्ने निर्णय गर्दै बिहीबार हुने सबै उडान समेत रद्द गरेको हो ।

    बिहीबारका लागि काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द भएका छन्।

    उडान गन्तव्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडानहरू रद्द भएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो। गत आइतबार मात्रै उक्त एयरलाइन्सको विमान पोखराबाट जोमसोम जाँदै गर्दा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु