
काठमाडौ ।जेष्ठ २२ अर्थात जुन ५ तारिक संसारभर विश्व वातावरण दिवस एक साथ मनाइदैछ । त्यसैगरी नेशनल प्याब्सनले पनि आफ्ना सदस्य विद्यालयहरु बिच जुम मार्फत एकै साथ विविध कार्यक्रम गरि बिहान ११ बजे सामुहिक उद्घाटन गर्यो। यसै क्रममा काठमाडौंको हाँडीगाउँमा रहेको सेन्ट जर्ज स्कुलमा पनि विद्यार्थी माझ विविध कार्यक्रम गरि मनाइयो ।

कार्यक्रमको क्रममा विद्यालयमा प्रधानाध्यापक मेघराज बजगाईले वातावरणको विषयमा आफ्ना भनाई राख्दै विश्वमा बिग्रदै गएको वातावरण प्रति चिन्ता ब्यक्त गर्दै आफ्ना विद्यालयका विद्यार्थीहरुलाई वातावरण संरक्षण हुने खालका काम गर्न अनुरोध गरे । विद्यार्थीहरुले कविता, लेख, आदि मार्फत वातावरणको विषयमा आफ्ना धारणा ब्यक्त गरेका थिए । कार्यक्रमको उद्घाटन कक्षा साना-साना भाईबहिनी सब्रीया गौतम र दिप्सन हुमागाईंले गमलाको फुलमा पानी हाली गरेका थिए ।

कार्यक्रमको संचालन विद्यालयकी शिक्षिका उषा आचार्यले गर्दै हाल बिग्रीदैं गरेको वातावरणको बारे बताउदै अब हामी सबैजना बेलैमा सचेत हुनु पर्ने कुरा बताइन । अन्त्यमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले यस्तो खालको कार्यक्रम आयोजना गरेकोमा नेशनल प्याब्सनलाई धन्यवाद दिए । आफ्ना विद्यालयका विद्यार्थीहरुलाई वातावरण बिग्रन नदिन हामी सबैले आ-आफ्नो स्थानबाट लाग्नु पर्ने कुरा बताउँदै अबका दिनमा सबैभन्दा खतरा भनेको वातावरण बिग्रेर आउन सक्ने बिनास नै प्रमुख भएको बताए ।


