
काठमाडौं – ग्राण्डी इन्टरनेसनल अस्पतालले विश्व वातवरण दिवसको अवसरमा अस्पताल परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ एव वृक्षारोपण कार्यक्रम गरेको छ। आज बिहान ८ बजेदेखि १० बजेसम्म सफाइ गरिएको थियो।
सफाइ कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा.बिनोद बिजुक्छे,सी.ओ.ओ अमृत खन्ना का साथै अस्पतालका वरिष्ठ चिकित्सक, नर्स तथा कर्मचारीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
सो अवसरमा अस्तपतालले आफ्नो हाताभित्र विभिन्न जातका विरुवा रोपेको छ। अस्पतालाको वातवरण तथा उत्पादनमूलक प्रयोजनका लागि फलफूलको विरुवा रोपिएको हो । वातावरण दिवसका अवसरमा बर्सेनि अस्पताल हाताभित्र विभिन्न विरुवा रोपेर विश्व वावतरण दिवस मनाउने गरीएको छ। वातवरण स्वच्छ राख्न हरेक वर्ष ग्राण्डी अस्पतालले वातरणसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम गर्दै आएको अस्पतालले जनाएको छ।


