दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तामाङ चलचित्र संघको आयोजनामा जेठ २८मा “सामाजिक सञ्जाल” डकुमेन्ट्री सार्वजनिक हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते, मंगलवार १७:०६

काठमाडौं । नेपाल तामाङ चलचित्र संघको १४ औं बार्षिक उत्सवको उपलक्ष्यमा रोशी गाउँपालिकासँगको सहकार्यमा निर्माणदिन “सामाजिक सञ्जाल” डकुमेन्ट्री सार्वजनिक हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको छ ।

जेठ २८ गते नेपाल तामाङ चलचित्र संघको स्थापना दिवसको अवसरमा सार्वजनिक गर्न लागेको संघको अध्यक्ष कुमार मोक्तानले बताउनु भयो ।

कोभिड-१९ को कारणले थलिएको तामाङ चलचित्रलाई ब्यत्याउने उदेश्यले यो छोटोे डकुमेन्ट्री प्रदर्शन गर्नलागेको पत्रकार सम्मेलन मार्फत उहाँले जानकारी दिनुभएको छ ।
उहाँले नेपाल तामाङ चलचित्र संघ र रोशी गाउँपालिकामा निर्माण भएको डकुमेन्ट्री
४५ मिनेटको रहेको र कुल लागत १० लाख ४ हजारमा निर्माण सम्पन्न गरेको बताउनु भयो ।

तामाङ चलचित्र संघको भुमिका के हो ?
तामाङ चलचित्र संघमा किन चलचित्र दर्ता गर्नुपर्छ ? भन्ने खालका प्रश्नहरु उठिरहेको हुनाले यसलाई सार्थकता दिने प्रयास गर्ने बताउनु भएको छ ।

कलाकार र पत्रकार बिचमा कस्तो सहकार्य गर्नुपर्छ भन्ने सन्देश दिनको लागि “डकुमेन्ट्री” प्रदर्शन गरि शुरु गर्न लागेको बताउनु भयो ।

स्पेसल केही दिनका लागि हामीले लामो छलफलबाट डम्फू लाई “सेम्री छोरङ्न” नामबाट विभिन्न बिदामा योगदान पुर्याउनु हुने व्यक्तिहरुलाई सम्मान गरिने तर त्यसको बारेमा निजोडमा नपुगेको जानकारी दिनुभयो ।

प्रमुख अतिथिको पनि केही दिनमा जानकारी दिने उहाँले बताउनु भयो भने पत्रकारहरुसँगको छलफल गरेर निजोड गरिने बताउनुभयो ।

उपाध्यक्ष अजय स्याङतान बताउनुभयो । हामीले अबको ४ महिना भित्रमा करिब ४ वटा चलचित्र प्रदर्शन हुन लागेको छ तसर्थ अब हामीले हल खोज्ने होइन हलले हाम्रो चलचित्र खोजोस् भन्ने तरिकाले चलचित्र निर्माण गर्न प्रोत्साहन दिने छ ।

उपाध्यक्ष दिपक लामाको बारेमा प्रश्न उठदा अध्यक्ष कुमार मोक्तानले सस्थाको तर्फबा उहाँलाई त्यसखालको गतिविधि नगर्नका लागि सुझाव दिइसकेको र केही गलत सन्देश गएको हुनाले माफी माग्दै राम्रो काम गर्नका लागि सुझाव पनि दिनु भयो ।

“सामाजिक संञ्जाल” छोटो डकुमेन्ट्रीको पटकथा रोशी गाउँपालिकाका निवर्तमान अध्यक्ष डिभि मोक्तानको रहेको र निर्देशन संघको अध्यक्ष कुमार मोक्तानको रहेको जानकारी दिनुभयो ।

अन्तमा अध्यक्ष कुमार मोक्तानले डम्फूलाई नाङ्लोकोरुपमा स्थापीत हुँदै गएको चिन्ता व्यक्त गर्दै पत्रकारहरुले राखेको जिज्ञासा र सुझावलाई स्वीकारदै पत्रकार सम्मेलन समापन भएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु